दोलखाको जिरीमा १५ कार्तिकदेखि हुने जिरी च्याम्पियनसिपमा भाग लिन थाहा नगरपालिकाको भलिवल टोली त्यसतर्फ प्रस्थान गरेको छ । युवा सञ्जाल जिरीको आयोजनामा जिरी च्याम्पियनसिप २०८० हुन लागेको हो ।

थाहा नगरपालिकाबाट छानिएका खेलाडीहरुको टिम च्याम्पियनसिपमा भाग लिन १४ कात्तिकमा जिरी प्रस्थान गरेको हो । नगरपालिकाका प्रमुख विष्णुबहादुर विष्ट, उपप्रमुख भरत गोपाली र प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले जितको शुभकामनासहित टोलीलाई विदाइ गरेका थिए ।

 जिरी पुगेर विश्राम गर्ने र १५ कात्तिकमा प्रतियोगितामा सहभागी हुने टिम व्यवस्थापक रुपक कार्कीले जानकारी दिए । टोलीमा टिम क्याप्टेन बलराम सुवेदी, कुशल लामा, राम कार्की, मनिष लामा लगायत खेलाडीहरु सहभागी छन् ।

दोलखाको पर्यटकीय जिरीस्थित लिङ्कन बजारमा खेलकुद महोत्सवकै रूपमा च्याम्पियनसिपको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । भलिबल खेलको प्रथम पुरस्कार राशि नगद १ लाख ५१ हजार रुपियाँ रहेको छ भने द्वितीय १ लाख १ हजार, तृतीय ५१ हजार र सान्त्वना पुरस्कार राशि २५ हजार रुपियाँ रहेको छ ।

पालिका प्रेस
थप जानकारी