जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशको पहाडी भू–भागमा मैसम आंशिक बदली हुनेछ ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

मंगलबार दिउँसो देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

आज राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी