शिक्षक सेवा आयोगले कात्तिक १८ गतेदेखि सञ्चालन हुने निम्नमाध्यमिक तह अध्यापन अनुमतिपत्रको लिखित परीक्षाको परीक्षा केन्द्र तोकेको छ। आयोगले केन्द्रगत रोल नम्बरसहितको विवरण बिहीबार प्रकाशित गरेको हो।

कोशी प्रदेशका लागि मोरङ र सुनसरी जिल्लामा परीक्षा केन्द्र निर्धारण गरिएको छ। यसैगरी मधेशको धनुषा, महोत्तरी र पर्सा, बागमतीको भक्तपुर, काठमाडौँ र मकवानपुरका विभिन्न जिल्लामा परीक्षा केन्द्र तोकिएका छन्।

गण्डकीको कास्की, लुम्बिनीको दाङ, कपिलवस्तु र रूपन्देही, कर्णालीको सुर्खेत र बर्दिया, बाँके, सुदूरपश्चिमको कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न विद्यालयमा केन्द्र निर्धारण गरिएको आयोगले जनाएको छ। आयोगको परीक्षामा एक लाख ७५ हजारभन्दा बढी परीक्षार्थी सहभागी हुँदैछन्।

कोशीमा २७ हजार २२८ जना, मधेशमा २५ हजार ८४९ जना, बागमतीमा २२ हजार ५१४, गण्डकीमा १३ हजार ७८०, लुम्बिनी प्रदेशमा ३३ हजार ४७२, कर्णालीमा २९ हजार २९९, सुदूरपश्चिममा २३ हजार ७५२ जना परीक्षार्थी रहेको आयोगले जनाएको छ। परीक्षा दिउँसो १ बजेदेखि हुनेछ।

powered by Advanced iFrame

पालिका प्रेस
थप जानकारी