बैतडीमा एकजना प्रमुख प्रशासकीय अधिकृतलाई दुईवटा पालिकाको जिम्मेवारी दिइएको छ। बैतडीको सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बैतडीकै सिगास गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतको थप जिम्मेवारी तोकेको हो ।
दुईवटै पालिकाको कामकाज गर्ने गरी २३ असोजमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिम्मेवारी तोकेको हो । सुर्नया गाउँपालिका बैतडीमा प्रशासन सेवा सामान्य प्रशासन समुह अधिकृत छैठौ तहमा कार्यरत कर्मचारी हुँदाहुदै पनि प्रमुख प्रशासकीय अधिकृत अवस्थीलाई दुई पालिकाको जिम्मेवारी दिईएको हो ।
समायोजन ऐन २०७५ बमोजिम अधिकृत छैठौ, सातौ र आठौ तहलाई शाखा अधिकृत सरह मानिए पनि संघीय सरकारको शाखा अधिकृतलाई दुई ठाउँको जिम्मा दिनुपर्ने अवस्था आउदा समेत स्थानीयको अधिकृतलाई जिम्मेवारी दिईएको छैन । दुई वटै पालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मा पाएका अवस्थीलाई आर्थिक तथा प्रशासनिक जिम्मेवारी दिइएको छ ।




















































पालिका प्रेस 








प्रतिक्रिया दिनुहोस्