मकवानपुरको थाहा नगरपालिकामा १६ असारमा बसेको विपद व्यवस्थापन समितिको बैठकले स्टेरिङ कमिट बनाएको छ । बैठकले थाहानगरमा हाल मनसुनजन्य विपदको जोखिम बढ्दै गएको र विपदबाट हुने क्षति तथा संभावित क्षति न्यूनीकरण स्टेरिङ कमिटि गठन गरेको हो । बैठकमा वडाध्यक्षहरले वडागत रुपमा रिपोर्टिङ गरेका थिए ।
बैठकले मनसुनजन्य विपदलाई मध्यनजर गर्दै पुर्व तयारी, उद्दार, राहत वितरणलाई सम्बोधन गर्नका लागी नगर उपप्रमुख भरत गोपालीको संयोजकत्वमा स्टेरिङ समिती गठन गरेको हो । समतिको सदस्यहरूमा ईलाका प्रहरी कार्यालयका प्रमुख दुर्गा खनाल, रेडक्रस मकवानपुरका सहकोषाध्यक्ष हरिकृष्ण कार्की, स्थानीय स्काउटका संयोजक गणेशमान श्रेष्ठ तथा बिपद शाखाका प्रमुख अनिल लामिछाने सदस्य सचिव छन् । स्टेरिङ कमिटिले समितिमा रहने सदस्यहरुको मोबाइल नम्बर छिट्टै सार्वजनिक गर्दै २४ घण्टा तयारी अवस्थामा रहने सदस्य सचिव अनिल लामिछानेले जानकारी दिए । थाहानगरका प्रमुख विष्णु विष्टको अध्यक्षता तथा विपद व्यवस्थापन समितिका सदस्यहरुको उपस्थितिमा सम्पन्न बैठकले हाल मनसुनको प्रभावले पारेको क्षति तथा आइपर्ने विपद व्यवस्थापन गर्न छलफल गरिएको सदस्य सचिव लामिछानेले बताए ।
थाहानगरमा विपद व्यवस्थापन गर्नका लागि वडास्तरीय तथा टोलस्तरीय विपद व्यवस्थापन समिती गठन गराउनका लागि वडा कार्यालयमा पत्राचार गरिने निर्णय भएको छ । वडा कार्यालयहरुबाट वडा भित्र मौजुदा रहेको निजि क्षेत्रका जेसिवी, एक्साभेटर, लोडरहरुको विवरण तथा वडा भित्र रहेका सामुदायिक भवन, सरकारी भवनहरुको विवरण पेश गर्न पनि वडा कार्यालयहरूलाई पत्राचार गरिने निर्णय गरेको सदस्य सचिव अनिल लामिछानेले जानकारी दिए । बैठकमा थाहा नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रसाशकिय अधिकृत, वडा अध्यक्षहरु, राजनैतिक दलका प्रमुख, पत्रकार, संघसंस्थाका प्रमुख, विपद व्यवस्थापन समितिका सदस्यहरुको उपस्थिति रहेको थियो।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्