स्थानीय तह सदस्य निर्वाचन, २०७९ का विजयी जनप्रतिनीधिहरुले प्रमाणपत्र पाएका छन् ।

स्थानीय तह सदस्य निर्वाचन कार्यालय थाहा नगरपालिकाले ५ जेठमा विकास घर शिखरकोटमा कार्यक्रमको आयोजना गरी विजयीहरुलाई प्रमाणपत्र वितरण गरिएको हो ।
स्थानीय निर्वाचन अधिकृतको कार्यालय थाहा नगरपालिकाका निर्वाचन अधिकृत तिर्थराज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा नगरका राजनितिक दलका प्रतिनिधिहरु, थाहानगरका कार्यवाहक प्रमुख खड्ग बहादुर गोपाली, निवर्तमान प्रमुख लवशेर विष्ट, थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलालपुरीलगायतकाको उपस्थिती रहेको थियो ।

कार्यक्रममा निर्वाचन शान्तिपूर्ण र भयरहित रुपमा सम्पन्न गरेकोमा नवनिर्वाचित नगरपैमुख विष्णु बहादुर विष्टले सम्पूर्ण निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी, राजनीतिकदललगायत सरोकारवालाहरुलाई धन्यवाद दिए । सो अवसरमा निर्वाचन अधिकृत भट्टराईले पनि नवनिर्वाचित जनप्रतिनिधिहरुलाई शुभकामना दिए ।

पालिका प्रेस
थप जानकारी