३० वैशाखमा हुने स्थानीय तह स्दस्य निर्वाचनका लागि उमेदवारी दिएकामध्ये १५ जनाले फिर्ता लिएका छन् । फिर्ता लिनेमध्ये सबैभन्दा बढि नेकपा एकीकृत समाजवादीका ९ जना छन् । राप्रपाका ३ जना, मंगोल नेशनल अर्गानाइजेशनका १ जना र स्वतन्त्र २ जना छन् ।
एकीकृत समाजवादीका तर्फबाट १ नम्वर वडाका उमेदवार सानुकाजी गोपाली, वडा नम्बर ४ का अध्यक्ष पदका उमेदवार अभिशेष बलसहित सबै सदस्य, वडा नम्बर ७ का अध्यक्ष पदका उमेदवार हरिबहादुर स्याङ्तानलगायत छन् ।
यसैगरी राप्रपाका तर्फबाट उमेदवारी दिएका वडा नम्बर १० का अध्यक्षका उमेदवार प्रेम थापासहित कल्याणकुमार अर्याल र २ नम्बरका सदस्य पदका उमेदवार पुरुषोत्तम कार्कीले उमेदवारी फिर्ता लिएका छन् ।
यसैगरी वडा नम् ४ का अध्यक्ष पदका स्वतन्त्र उमेदवार बिनोद केसी र ३ का अध्यक्ष पदका स्वतन्त्र उमेदवार मनिष अधिकारीले उमेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत तीर्थराज भट्टराइले जानकारी दिए । अब वडा नम्बर ८ मा टिकाराम रुम्बा र ९ का सरोजकुमार रेग्मी मात्र अध्यक्ष पदमा स्वतन्त्र उमेदवार रहेका छन् । रुम्बा निवर्तमान वडा अध्यक्ष हुन् ।
थाहानगरमा कुल ६२ पदका लागि प्रमुख राजनीतिक दलहरु नेकपा एमाले, नेपाली काँग्रे्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चाका गरि कुल २५५ जनाले उमेदवारी दर्ता गराएका थिए । तीमध्ये नेकपा एमाले वडा नम्बर ५ का दलित महिला सदस्य निर्विरोध निर्वाचित र १५ जनाले फिर्ता लिएपछि अब २३९ जनाले निर्वाचनमा भाग लिनेछन् ।


















































पालिका प्रेस 








प्रतिक्रिया दिनुहोस्