३० वैशाखमा हुने स्थानीय तह सदस्य निर्वाचनमा मकवानपुर थाहा नगरपालिका–८ को वडा अध्यक्ष पदमा स्वतन्त्र उमेदवारी दिएका टिकाराम रुम्बाले धारा चुनाव चिन्ह पाएका छन् ।

यसअघि २०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्ष जितेका रुम्बाले यस पटक पनि पार्टीको तर्फबाट वडाध्यक्ष पाउनु पर्ने दावी गरेका थिए । तर पार्टीबाट टिकट नपाएपछि उनले गत १२ बैशाखमा स्वतन्त्ररुपमा वडा अध्यक्ष पदमा मनोनयन पत्र दर्ता गराएका थिए ।

१७ बैशाखमा थाहा नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयले रुम्बालाई धारा चिन्ह प्रदान गरेको हो । चुनाव चिन्ह धारा पाएपछि वडा अध्यक्षका उमेदवार रुम्बाले भने, ’घरघरमा धारा पुर्याउने लक्ष्य हो, धारा चुनाव चिन्ह पाएकोमा खुशी छु ।’ वडामा शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार आफ्नो प्राथमिकता रहेको उनले सुनाए ।

पालिका प्रेस
थप जानकारी