मकवानपुर इन्द्रसरोवर गाउँपालिकामा २७ पदका लागि ९७ जनाको उमेद्वारी परेको छ ।

५ वटा वडा रहेको इन्द्रसरोवरमा १ जना पालिका अध्यक्षका लागि ७ जना र १ पालिका उपाध्यक्षको लागि ४ जनाको उमेद्वारी परेको छ ।

त्यसैगरी ५ अध्यक्षका लागि २२ जनाको उमेद्वारी परेको छ भने १० वडा सदस्यका लागि ३५, ५ जना महिला सदस्यको लागि १८ र ५ जना दलित महिला सदस्य पदको लागि ११ जनाको उमेद्वारी परेको स्थानीय तह सदस्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको सूचनामा उल्लेख गरिएको छ ।

यसैबीच नेकपा एमालेबाट दलित महिला सदस्य पदमा मनोनयन दर्ता गरेकी वडा नम्बर १ की लक्ष्मी दमाई र वडा नम्बर ४ की सावित्री सुनार निर्विरोध निर्वाचित भएकी छिन् ।

 

हेर्नुहोस् नामावली 

 

 

पालिका प्रेस
थप जानकारी