फोटो सौजन्य: शम्भु अधिकारी ।

मकवानपुर थाहा नगरपालिकाको नगर प्रमुख पदका लागि चार जनाको उमेद्वारी परेको छ । थाहानगरको प्रमुखका लागि नेपाली काँग्रेस (बीपी) का विर बहादुर भोम्जन, मंगोल नेशनल अर्गनाइजेशनका राजकुमार गोले, नेकपा एमालेका अच्युतम प्रसाद ढकाल र नेकपा माओवादी केन्द्रका विष्णु बहादुर विष्टको उमेद्वारी परेको हो ।

विष्ट नेपाली काँग्रेससंगको चुनावी तालमेलका साझा उमेद्वार हुन भने अरू ४ जना उमेद्वार एकल पार्टीको उमेद्वार हुन् । उनीहरु मध्ये मोक्तान वडा नम्बर ५ का, गोले ७, ढकाल २ र विष्ट ३ नम्बर वडाबासी हुन् । हालसम्मका उमेद्वारमध्ये गोले थाहानगरमा प्रमुखमा उमेद्वारी दिने सबैभन्दा कान्छा २९ वर्षिय हुन् भने सबैभन्दा बढि उमेरका ढकाल ५४ वर्षका उमेद्वार हुन् ।

 

त्यसैगरी अहिलेसम्म उपप्रमुख पदमा नेकपा एमालेकी कल्पना बलामी र नेपाली काँग्रेसका भरत गोपालीको मात्र उमेद्वारी परेको छ । गोपाली माओवादीसंगको चुनावी तालमेलका साझा उमेद्वार हुन् भने बलामीले नेकपा एमालेको तर्फबाट उमेद्वारी मनोनयन दर्ता गरेकी छिन् ।

यो समाचार तयार पर्दासम्म स्थानीय तह सदस्य निर्वाचन कार्यलय थाहा नगरपालिकामा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ३७ जना वडा अध्यक्ष पदमा, महिला सदस्यमा ३१ जना, दलित महिला सदस्यमा २६ जना र खुल्ला महिला वडा सदस्य पदमा ६२ जनाले मनोनयन दर्ता गराइसकेका छन् ।

पालिका प्रेस
थप जानकारी