नेकपा एमालेको तर्फबाट बकैया गाउँपालिकामा अध्यक्ष÷उपाध्यक्ष सहित सबै १२ वटै वडामा वडाध्यक्ष र सदस्यहरुले उम्मेद्वारी दर्ता गरेका छन् । नेकपा एमाले बकैयाको पार्टी कार्यालय हात्तिसुडेबाट र्याली सहित स्थानीय तह सदस्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर अध्यक्षको लागि सरला बोलखे तथा उपाध्यक्षको लागि लालबहादुर स्याङ्तानले उम्मेद्वारी दर्ता गराएका हुन् ।

अध्यक्ष÷उपाध्यक्ष सहित १२ वटै वडाका वडाध्यक्षहरुले पनि उम्मेद्वारी दर्ता गराएका हुन् । एमाले बकैयाले अध्यक्ष÷उपाध्यक्ष दुबै उम्मेद्वार ३५ वर्ष उमेर नकटेका युवालाई बनाएको छ । गाउँपालिका अध्यक्षकी उम्मेद्वार बोलखे यस अघिको निर्वाचनमा एमालेको तर्फबाट गाउँपालिका उपाध्यक्षमा विजयी भएकी थिईन् ।

गाउँपालिका अध्यक्ष कांग्रेसले जितेको अवस्थामा उपाध्यक्षमा भने एमालेकी बोलखे विजयी भएकी थिईन् । कांग्रेसले नेतृत्व जितेको गाउँपालिका भएपनि उपाध्यक्ष बोलखेले महत्वपूर्ण कार्य गरेको भन्दै काम गरेकै आधारमा उनलाई अध्यक्षको टिकट दिईएको हो ।

पालिका प्रेस
थप जानकारी