सत्ता गठबन्धनको क्रममा नेकपा माओवादी केन्द्रलाई मेयरको भाग परेको मकवानपुरको थाहा नगरपालिकाको प्रमुखमा विष्णु विष्ट ‘आदर्श’को मनोनयन दर्ता हुने भएको छ । माओवादीले गठबन्धनको साझा उमेद्वारको रुपमा विष्टलाई मनोनयन गर्ने जनाएको छ ।

थाहानगरको काँग्रेसको भागमा परेको उमप्रमुखको उमेद्वार भने अझै टुङ्गो लागेको छैन । काँग्रेसको विहानैबाट बैठक भैरहेको छ । एक नेताले भने–‘सहमती नजिक छौं, केही समयमै नाम सावृजनिक छौं ।’

आदर्श थाहा नगरपालिकाका मेयर लवशेर विष्टका राजनीतिक सल्लाहकार हुन् भने माओवादी केन्द्र थाहानगर इन्चार्ज तथा बागमती प्रदेश कमिटी सदस्य हुन् ।

पालिका प्रेस
थप जानकारी