मकवानपुर थाहा नगरपालिकामा ३ जना उमेद्वारले मनोनयन दर्ता गरेका छन् ।

निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार ११ र १२ वैशाखमा मनोनयन दर्ता हुनुपर्नेमा ११ वैशाखमा दुई वडा अध्यक्ष सहित एक नगर प्रमुखले मनोनयन दर्ता गराएका हुन् ।

मनोनयन दर्ता गर्नेमा वडा नम्बर ५ को वडा अध्यक्षमा नेपाः राष्ट्रिय पार्टीबाट पुर्ण बहादुर थिङ तामाङ, थाहा–९ को अध्यक्षमा स्वतन्त्र उमेद्वार सरोज कुमार रेग्मी र नेपाली काँग्रेस (वि.पी.) को तर्फबाट नगर प्रमुख पदमा विर बहादुर भोम्जनले उमेद्वारी दर्ता गराएको स्थानीय तह सदस्य निर्वाचन अधिकृतको कार्यालय थाहा नगरपालिकाले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी