मकवानपुरको १० स्थानीय तहमध्ये ६ वटा स्थायीय तहको प्रमुख तथा उपप्रमुख पदमा पुरुष उम्मेद्वारहरु विजयी भएका छन् । मकवानपपुरको थाहा नगरपालिका, बागमती गाउँपालिका, बकैया गाउँपालिका, भीमफेदी गाउँपालिका, कैलाश गाउँपालिका र राक्सिराङ गाउँपालिकामा प्रमुख तथा उपप्रमुख दुबै पदमा पुरुष उम्मेद्वारहरु विजयी भएका हुन् ।
पाँच दलीय गठवन्धनको भागवण्डाको कारण यो पटक मकवानपुरले महिलाको संख्यामा कमि आएको हो । गठवन्धन दलले हेटौँडा, मकवानपुरगढी र मनहरी गाउँपालिकामा मात्र महिलालाई प्रमुख र उपप्रमुखको टिकट दिएको थियो । गठवन्धनबाट हेटौँडा उपमहानगरपालिकाको मेयरमा मिना लामा, मकवानपुर गढी गाउँपालिकाको उपाध्यक्षमा मानकुमारी नेपाली पाख्रीन तथा मनहरी गाउँपालिकाको उपाध्यक्षमा रेखा मगरलाई मात्र टिकट दिईएको थियो । तीनै जना विजयी भएका छन् । यस बाहेक नेकपा एमालेबाट इन्द्रसरोबर गाउँपालिकाको उपाध्यक्षमा उमा कुमारी लामा विजयी भएकी छिन् ।
एमालेले जित हाँसिल गरेको भीमफेदी गाउँपालिकामा उपाध्यक्षमा भने पार्वति राना पराजित हुँदा नेपाली कांग्रेसबाट उम्मेदेवार बनेका संजिव थापा विजयी बने । स्थानीय तह निर्वाचनमा नेकपा एमालेले जिल्लाको एक गाउँपालिकामा प्रमुख तथा अन्य स्थानीय तहमा उपप्रमुख गरि १० जनालाई टिकट दिएको थियो । नेपाली कांग्रेसले एक स्थानीय तहमा पनि महिला उम्मेद्वार बनाएको थिएन भने माओवादी केन्द्रले दुई स्थानीय तहमा महिलालाई उम्मेद्वार बनाएको थियो ।

















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्