मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको वडा अध्यक्ष पदमा एक अर्को प्रतिस्पर्धीहरुमा १ सय भन्दा बढि मतान्तर रहेको थियो । वि.सं. २०७४ सालको स्थानीय तह सदस्य निर्वाचनमा नेकपा एमाले बलियो मानिएको इन्द्रसरोवर गाउँपालिकामा पालिका अध्यक्ष र उपाध्यक्ष पदमा तत्कालिन नेकपा एमालेले नै जित हासिल गरेको थियो । अहिले अध्यक्ष जीवन लामा नेकपा एकीकृत समाजवादी र उपाध्यक्ष उमा कुमारी लामा नेकपा एमालेमै छिन् ।
इन्द्रसरोवरको वडा नम्बर १ मा नेपाली काँग्रेसका जमान सिंह वाइवाले एमालेका झमकलाल बलामीलाई ३९९ मतान्तरले पराजित गरेका थिए । मतगणना हुँदा वाइवाले ७७५ मत पाएका थिए भने बलामीले ३७६ मत पाएका थिए । त्यस्ते वडा नम्बर २ मा राजुमान महर्जन पालिकामै सबैभन्दा कम १०० मतान्तरले विजयी भएका थिए । मतगणना हुँदा नेपाली काँग्रेसका उमेद्वार सुमन श्रेष्ठले ४७४ र महर्जनले ५७४ मत पाएका थिए ।
त्यस्तै वडा नम्बर ३ मा नेकपा एमालेका उम्दवार चिरञ्जीवि पौडेलले राप्रपाका राजकुमार भ्लोनलाई ५२५ मतान्तरले पराजित गरेका थिए । पौडेलले ९७९ र भ्लोनले ४५४ मत पाएका थिए भने वडा नम्बर ४ मा नेकपा एमालेका धनवीर स्याङ्तानले पालिकामै सबैभन्दा बढि ५९४ मतान्तरले नेपाली काँग्रेसका हरि कुमार लामालाई पराजित गरेका थिए । मतगणना हुँदा स्याङ्तानले ७५० र लामाले १५६ मत पाएका थिए ।
इन्द्रसरोवरको वडा नम्बर ५ मा तत्कालिन नेकपा एमालेका उमेद्वार धनराज महर्जनले १०६ मतान्तरले राप्रपाका राजन लामालाई पराजित गरेका थिए । मतगणनामा महर्जनले ५२८ र लामाले ४२२ मत पाएका थिए । महर्जन अहिले नेकपा एकीकृत समाजवादीमा आवद्ध छन् ।
५ वटा वडा रहेको इन्द्रसरोवरको वडा नम्बर १ मा नेकपा एमाले दोस्रो दल र अरु सबै ४ वटै वडामा विजयी भएको थियो भने नेपाली काँग्रेस वडा नम्बर वडा नम्बर १ मा विजयी तथा वडा नम्बर २ र ४ मा दोस्रो दलको रुपमा उभिएको थियो । वडा नम्बर ३ र ५ मा राप्रपाले आफूलाई पालिकाको दोस्रो दलको वरियतामा राख्न सफल भएको थियो । नेकपा माओवादीले भने आफूलाई इन्द्रसरोवरको कुनैपनि वडामा दोस्रो स्थानमा राख्न सकेन ।


















































पालिका प्रेस 








प्रतिक्रिया दिनुहोस्