नेकपा एमालेले मकवानपुर इन्द्रसरोवर गाउँपालिकाले सबै उमेद्वारको टुङ्गो लगाएको छ । एमाले इन्द्रसरोवरले पालिका अध्यक्षको उमेद्वारमा देवकृष्ण पुडासैनी र उपाध्यक्षमा हरिमायाँ बललाई उमेद्वार बनाउने निर्णय भएको छ ।
त्यस्तै वडा नम्बर १ को अध्यक्षमा राजु बस्नेत, २ मा बैकुण्ठ थापा, ३ मा प्रताप भोम्जन, ४ मा चन्द्र कुमार बल र ५ नम्बर वडामा अनिश लामालाई एमालेले वडा अध्यक्षको उमेद्वार बनाउने निर्णय गरेको छ ।
५ वटा वडा रहेको इन्द्रसरोवर गाउँपालिकामा वि.सं. २०७४ को स्थानीय पालिका निर्वाचनमा वडा नम्बर १ बाहेक सबै वडा नेकपा एमालेले अध्यक्षसहित सदस्य र पालिका अध्यक्ष तथा उपाध्यक्ष जितेको थियो । वडा नम्बर १ भने नेपाली काँग्रेसले जितेको थियो ।


















































दिनेश दर्पण 
















प्रतिक्रिया दिनुहोस्