नेकपा एमालेले बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरका लागि ३ जनाको नाम सिफारिस गरेको छ ।
एमाले हेटौंडा उपमहानगरपालिका कमिटीको २९ चैतमा भएको बैठकले मेयरको लागि ३ जना र उपमेयरको लागि ३ जना गरी ६ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो । एमाले मकवानपुरका सचिव नवीन सिग्देलका अनुसार हेटौंडाको मेयरका लागि बर्तमान मेयर हरिबहादुर महत,संविधान सभा सदस्य अनन्त प्रसाद पौडेल र गणेशकुमारी श्रेष्ठलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
यसैगरि,उपमेयरको लागि सुमित्रा काफ्ले, आरती पाठक र ईन्द्र प्रसाद नेपालको नाम सिफारिस गर्ने निर्णय गरेको छ । यसअघि,२०७४ सालमा भएको स्थानीय निर्वाचनमा हेटौंडाको मेयर र उपमेयरमा दुबैमा एमालेका उम्मेद्वारहरु विजयी भएका थिए ।


















































पालिका प्रेस 
















प्रतिक्रिया दिनुहोस्