मकवानपुरका १९ वटा मतदान स्थल अतिसंवेदनशील रहेको पाइएको छ । आउँदो बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा १ सय ६५ मतदान स्थल मध्यमा १९ वटा अतीसंवेदनशील रहेको हो ।
आसन्न स्थानीय तहको निर्वाचनका सन्दर्भमा यस मकवानपुर जिल्लाभित्र १० वटा स्थानीय तहमा कुल जम्मा १ सय ६५ वटा मतदानस्थल र ३ सय ५६ वटा मतदान केन्द्रहरू कायम भएको छ । सुरक्षाका दृष्टिकोणले १९ वटा अतिसंवेदनशील, ६० वटा संवेदनशील र बाँकी ८६ वटा सामान्य रहेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्लाभित्र स्थानीय तहको निर्वाचन भयरहित शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्नका निम्ति गृह मन्त्रालयबाट प्राप्त स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना, २०७८ का आधारमा मकवानपुर जिल्लाको स्थानीय तह निर्वाचन विशेष सुरक्षा योजना जिल्ला सुरक्षा समितिबाट पारित गरी कार्यान्वयनमा ल्याइएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए । विशेष सुरक्षा योजनाका आधारमा जिल्लाभित्रका करिब ४० प्रतिशत भन्दा बढी मतदानस्थल तथा मतदान केन्द्रहरूको निरीक्षण प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेको नेतृत्वमा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूबाट भइसकेको र बाँकी मतदानस्थल तथा मतदानकेन्द्रहरूको निरीक्षण भइरहेको छ ।

















































पालिका प्रेस 














प्रतिक्रिया दिनुहोस्