देशका धेरै ठाउँमा भीषण वर्षा जारी छ। ठाउँठाउँमा बाढी र पहिरोले जनजीवन प्रभावित बनाएको छ। तर आज गण्डकी र लुम्बिनीपूर्व बढी प्रभावित भएकोमा भोलि (असोज १० गते) मध्यनेपाल भन्दा पश्चिम क्षेत्रमा भीषण वर्षा (अति भारीसम्म वर्षा ) हुने भएको छ।

विपद प्राधिकरणले ‘रेड अलर्ट’ थप गरेर जिल्लागत रुपमै अवस्था आँकलन गरी सार्वजनिक गरेको छ। वर्षाका कारण जोखिमको स्तरअनुसार विभिन्न जिल्लाहरूमा आज र भोलि सवारी आवागमन बन्द गर्ने, अवस्था हेरेर निर्णय लिने र सतर्क रहन प्राधिकरणले सार्वजनिक आव्हान गरेको छ।

जस अनुसार रातो रंगले संकेत गरिएका जिल्लाहरुमा पूर्ण रुपमा सवारी साधन बन्द गर्न र सुन्तला रंगले संकेत गरिएका जिल्लाहरुमा रातको समयमा बन्द गर्ने, दिउँसोको समयमा अवस्था हेरेर जिल्ला मनसुन प्रतिकार्य कमाण्ड पोष्टलाई निर्णय लिन भनिएको छ।

यस्तै पहेँलो रंगले संकेत गरिएका जिल्लाहरूमा सतर्क हुन अनुरोध गरिएको छ।

पालिका प्रेस
थप जानकारी