बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारमा बागमती प्रदेशले महत्वपूर्ण ५ मन्त्रालय पाएको छ । बालेन क्याबिनेटमा बागमती प्रदेशबाट मात्रै ५ जना मन्त्री नियुक्त भएका हुन् । बालेन क्याविनेटमा मन्त्री बनेका अधिकांश काठमाडौँका रहेका छन् ।

मन्त्रस्ी बनेकाहरु काठमाडौँका ३ जना, नुवाकोट र चितवनका १–१ जना रहेका छन् । बालेन क्याविनेटमा विराजभक्त श्रेष्ठ उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेका छन् भने शिशिर खनाल पर राष्ट्र मन्त्री, सस्मित पोखरेल शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्री बनेका छन् । डा. विक्रम तिमल्सिना सञ्चार तथा सूचना प्रविधि मन्त्री बनेका छन् भने सोबिता गौतम कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनेका छन् । विषेशगरी काठमाडौँ क्षेत्र नम्बर–५, ६ र ८ बाट ३ जना मन्त्री रहेका छन् भने चितवन–३ र नुवाकोट–१ बाट एक÷एक जना मन्त्री बनेका छन् । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेका श्रेष्ठ काठमाडौँ– ८ का हुन् भने परराष्ट्र मन्त्री बनेका खनाल काठमाडौँ–६ का हुन् ।

काठमाडौँ–५ का पोखरेलले शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्री बनेका छन् भने नुवाकोट–१ का डा.तिमल्सिना संचार तथा सूचना प्रविधि मन्त्री बनेका छन् । चितवन–३ की गौतम कानुन न्याय तथा संसदीय मामिला मन्त्री बनेकी छिन् । काठमाडौँ–५ बाट निर्वाचित सस्मितले संसदको यात्रा तय गरेका हुन् । काठमाडौँ महानगरपालिकामा बालेनको शिक्षा सल्लाहकार र विज्ञकारुपमा काम गरिसकेका पोखरेलले महानगरको छात्रवृत्ति प्रणालीमा क्रान्तिकारी सुधार गरेका थिए । यसअघि १९ दिन शिक्षामन्त्री बनेका खनाल यसपटक परराष्ट्र मन्त्रालयको जिम्मेवारीमा फर्किएका छन् ।

पालिका प्रेस
थप जानकारी