मकवानपुरको मनहरी गाउँपालिकामा ३९० घण्टे वारिष्ठा सम्बन्धी तालिम सञ्चालनमा आएको छ। प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम परिषद्, हेटौंडा र गाउँपालिकाको आर्थिक सहयोगमा यो निःशुल्क तालिम ३ चैत्रबाट सुरु गरिएको हो।

वडा नम्बर ३ का वडा अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक अनन्त प्रकाश अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रममा परिषद्का कार्यकारी निर्देशक डा. शान्ति लामा प्रमुख अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीको विशेष उपस्थिति रहेको थियो। वडा नं. १ देखि ९ सम्मका २६ जनाको सहभागिता रहेको उक्त तालिममा मुख्य प्रशिक्षकका रूपमा जगदीश बिडारीले प्रशिक्षण दिनेछन्। साथै, सामाजिक विकास शाखाका प्रमुख ज्ञानेन्द्र ढकालले कार्यक्रम सञ्चालन गरेका थिए।

पालिका प्रेस
थप जानकारी