भारतमा दूधको मूल्य बढेपछि मकवानपुरका दुग्ध उत्पादक किसानले आफ्नो उत्पादनको बजार पाएका छन् । विगतमा भारतीय दूध नेपालीभन्दा सस्तो हुँदा ठूलो परिमाणमा भारतबाट अवैध रूपमा मकवानपुरमा दूध भित्रिने गरेकाले स्थानीय किसानले उत्पादन बिक्री गर्न कठिनाइ भोग्दै आएका थिए । तर यस वर्ष भारतमा दूधको मूल्य नेपाली दूधसरह पुगेपछि अवस्था उल्टिएको छ ।
अघिल्ला वर्षहरूमा यही मौसममा भारतबाट अवैध रूपमा दूध भित्रिँदा मकवानपुरसहित बागमती प्रदेशका किसानले उत्पादन खपत गर्न नसकेर प्रशोधन उद्योगमा पठाउन बाध्य हुन्थे । कतिपय अवस्थामा दूध बिक्री नभएपछि ‘मिल्क होलिडे’ समेत गर्नुपरेको थियो । तर यस वर्ष भारतमा दूधको मूल्य बढेपछि भारतीय दूध नेपाल भित्रिन बन्द भएको छ भने सीमावर्ती क्षेत्रबाट नेपाली दूध लुकिछिपी भारततर्फ जान थालेको छ । यसले मकवानपुरका किसानलाई प्रत्यक्ष लाभ पुगेको छ ।
केन्द्रीय दुग्ध सहकारी सङ्घका अध्यक्ष अम्बरबहादुर कुँवरका अनुसार हाल भारतमा दूधको मूल्य नेपालको भन्दा करिब ४६ पैसा मात्र बढी छ । “ढुवानी खर्च जोड्दा भारतीय दूध नेपालमा महँगो पर्छ, त्यसैले यस वर्ष भारतबाट दूध आएको छैन । बरु यहाँको दूध सीमाबाट भारततर्फ गएको सूचना आएको छ,” उनले भने । उनका अनुसार समयमै भुक्तानी नपाउँदा केही किसानले पशुपालनप्रति रुचि घटाएकाले उत्पादनमा भने सामान्य गिरावट आएको छ । यकिन तथ्याङ्क नभए पनि हाल दैनिक करिब ४५ लाख लिटर दूध उत्पादन भइरहेको र यो गत वर्षको तुलनामा करिब एक लाख लिटरले कम भएको अनुमान छ ।

















































पालिका प्रेस 













प्रतिक्रिया दिनुहोस्