हेटौंडा–११ थानाभ¥याङस्थित प्रादेशिक कृषि थोकबजार परिसरमा रहेका ६३ वटा स्टल भाडामा सञ्चालन गर्न बोलपत्र आह्वान गरिएको छ । कृषि थोकबजार सञ्चालक समितिले तरकारी, फलफूल तथा अन्य कृषिउपजको कारोबार सञ्चालनका लागि थोक तथा खुद्रा बजार परिसर मा रहेका स्टल भाडामा दिन बोलपत्र आह्वान गरेको हो । समितिले असोज १० गते पहिलोपटक सूचना प्रकाशित गर्दै इच्छुक व्यक्ति, फर्म तथा व्यवसायीलाई बोलपत्र प्रक्रियामा सहभागी हुन आह्वान गरेको हो ।
बजार परिसरमा रहेका स्टल व्यवस्थित रुपमा सञ्चालन गरी कृषिउपजको कारोबारलाई थप सहज बनाउने उद्देश्यले स्टल भाडामा दिन लागिएको समितिले जनाएको छ । सूचनाअनुसार थोकबजार परिसरमा रहेका ४० वटा स्टल तथा खुद्राबजार परिसरमा रहेका २३ वटा स्टल भाडामा लगाइनेछ । ती स्टल पाँचवर्षका लागि सम्झौता गरी सञ्चालन गर्न दिइने व्यवस्था गरि एको छ । इच्छुक व्यक्ति, फर्म तथा व्यवसायीले समितिले तोकेको मापदण्ड पूरा गरी बोलपत्रमा सहभागी हुनुपर्नेछ । बोलपत्र फाराम थोक बजारका लागि एक हजार रुपैयाँ र खुद्राबजारका लागि पाँचसय रुपैयाँ शुल्क तिरेर समितिको कार्यालयबाट खरिद गर्न सकिने व्यवस्था गरिएको छ । बोलपत्र फाराम खरिद गर्ने अन्तिम मिति असोज २४ गते कार्यालय समयभित्र तोकिएको छ । बोलपत्र बुझाउने अन्तिम मिति असोज २५ गते दिउँसो १२ बजेसम्म रहेको छ । प्राप्त बोलपत्र सोहीदिन दिउँसो १ बजे वा समितिले तोकेका समयमा खोलिने सूचनामा उल्लेख छ । निर्धारित समयभित्र बोलपत्र बुझाउन नसकेमा वा आवश्यक कागजात पूरा नभएमा बोलपत्र प्रक्रियामा सहभागी हुन नपाइने व्यवस्था गरिएको छ ।
बजार सञ्चालक समितिले स्टलको भाडादर निर्धारण गर्दा ४० वटा थोक स्टलको ८ हजार ७ सय तोकिएको छ । यस्तै खुद्रा स्टल २३ मध्ये १२ वटा साना स्टलको ४ जार ५ सय र ठुला स्टल ११ वटाको ४ हजार ७ सय तोकिएको कार्यकारी निर्देशक टीकाप्रसाद काफ्लेले जानकारी दिए । उनका अनुसार भविष्यमा पशु तथा पोल्ट्री व्यवसाय गर्न पाइने भएपनि तत्काललाई फोहोर व्यवस्थापन प्रणाली नबनाएकोले तर कारी लगायत कृषिउपज मात्र बिक्री वितरणका लागि राखिने छ । अघिल्लो आर्थिक वर्ष साउन १८ गते संरचना निर्माण पूराभई हेटौंडा उपमहानगरपालिकालाई हस्तान्तरण भएको थोकबजार कानुनको अभावमा सञ्चालन हुन सकेको थिएन । जेनजी आन्दोलनमा आगजनी तथा तोडफोड भएपछि केही महिना झनै अलपत्रमा परेको थियो । यद्यपि प्रदेशको तत्कालीन भौतिक पूर्वाधार मन्त्रालयले थोकबजारका संरचना मर्मतसम्भार तथा केही पुनःनिर्माण गरी बजारको स्थान सञ्चालनका लागि तयारी बनाएको थियो ।
यसै क्रममा बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बैशाख मसान्तमा प्रदेश कृषि थोकबजार सञ्चालन निर्देशिका–२०८३ जारी गरेपछि बजार सञ्चालनका लागि बाटो खुलेको हेटौँडा उपमहानगर पालिकाले जनाएको छ । निर्देशिकामा प्रदेश सरकारले नियमन गर्ने गरी र संरचना तथा सम्पतिमा भने स्थानीय सरकारको रुपमा हेटौंडा उपमहानगर पालिकाको स्वामित्व रहनेगरी प्रावधानहरु तयार भएका छन् । सञ्चालक समितिमा उपमहानगर पालिकाका प्रमुखको अध्यक्षतामा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत, स्थानीय वडा नम्बर ११ की अध्यक्ष, उपमहानगरपालिकाको आर्थिक विकास समितिका संयोजक, उद्योग वाणिज्य मन्त्रालयको प्रतिनिधि, प्रदेशका कृषकमध्ये एक महिलासहित दुइजना, कृषि थोकव्यवसायी २ जना, दर्तावाला पशुचिकित्सकमध्ये १ जना, कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रतिनिधि, आर्थिक मामिला तथा योजना मन्त्रालयको प्रतिनिधि र कार्यकारीनिर्देशक सदस्य सचिव सहित १३ जना समितिमा रहने व्यवस्था छ ।
कुल ३२ करोड १० लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको थोकबजार प्रदेश सरकारको ७० प्रतिशत र उपमहानगरको ३० प्रतिशत साझेदारीमा बनेको हो । बजारभित्र पक्की सडक निर्माणका लागि थप ७७ लाख रुपैयाँ बजेट कृषि विकास निर्देशनालयबाट विनियोजन गरिएको थियो । २ बिगाहा ४ धुरमा फैलिएको थोकबजारमा थोकबिक्रीका लागि दुईतले भवनमा ४० वटा सटर, ४ वटा कार्गो लिफ्ट र २ वटा यात्रु लिफ्टको व्यवस्था गरिएको छ । खुद्रा बिक्रीका लागि अलग्गै भवनमा २३ वटा सटर र २ वटा यात्रु लिफ्ट छन् । सानाकिसानले आफ्ना उत्पादन आफैं बेच्नसक्ने टहराको पनि व्यवस्था गरिएको छ । यहाँ २ सय ३२ वर्गमिटर क्षेत्रफलमा फैलिएको कोल्ड स्टोरेज निर्माण गरिएको छ, जसमा ५०० मेट्रिकटन कृषिउपज सुरक्षित भण्डार ण गर्न सकिने व्यवस्था छ ।














































पालिका प्रेस 











प्रतिक्रिया दिनुहोस्