मकवानपुर थाहा नगरपालिकाको कृषकहरूको लागि आलु उत्पादन बढाउने विषय केन्द्रित भएर तीनदिने क्षमता अभिवृद्धि तालिम शुरु भएको छ । गैर सरकारी संस्था बिइङ युथको आयोजनामा थाहाको थानाबजारमा तालिम सुरु भएको हो । तालिममा थाहा नगरपालिकाको १२ वटै वडाका गरी २२ जना अगुवा कृषकको सहभागिता रहेको छ । सहभागीहरुलाई आलु विकास केन्द्रका प्रशिक्षक ज्ञानु थापा मगर र केन्द्रका प्रमुख पदम अधिकारीले सहजीकरण गरिरहेका छन् ।

राष्ट्रिय आलु तथा तरकारी बाली विकास केन्द्र, कीर्तिपुरको प्राविधिक सहयोग तथा ओएनजिडी एफएनइएलले सहयोग सञ्चालन भएको तालिमबाट कृषकहरूमा रहेको आलु खेतीसम्बन्धी सिपको विकास गरी उत्पादन वृद्धि गर्ने उद्देश्य राखिएको छ । तालिममा जग्गा छनोटदेखि हावापानी अनुसारको बीउ छनोट, खाने आलु र बीउ आलुको भण्डारण तथा बजारीकरणसम्मको योजनाबारे कृषकहरूलाई व्यावहारिक ज्ञान प्रदान गरिने कार्यक्रम संयोजक मनिषा बस्नेतले बताइन् ।

बिइङ युथका अध्यक्ष वसन्त कार्कीको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा राष्ट्रिय आलु तथा तरकारी बाली विकास केन्द्रका प्रमुख पदम अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमका सहभागीहरुलाई बिइङ युथका फाइनान्स अफिसर पवन सिंह बस्नेतले स्वागत गरेका थिए । तालिम उद्घाटन कार्यक्रममा थाहा नगरपालिकाका कृषि शाखा प्रमुख संजय तिवारी, सामाजिक विकास शाखा प्रमुख अनिल लामिछानेलगायतले तालिमको सफलताको शुभकामना दिएका थिए ।
परम्परागत खेती प्रणालीलाई आधुनिकतासँग जोड्दै उत्पादन र किसानको आयस्तर वृद्धिका लागि तालिम महत्वपूर्ण हुने बिइङ युथकी कार्यक्रम संयोजक मनिषा बस्नेत विश्वास व्यक्त गरिन् ।

















































पालिका प्रेस 













प्रतिक्रिया दिनुहोस्