वन कार्यालय राप्ती, मनहरीको आयोजनामा राष्ट्रिय वन संरक्षण तथा व्यवस्थापन कार्यक्रमअन्तरगत सव डिभिजनस्तरीय योजना तर्जुमा गोष्ठी भएको छ । कैलाश गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा डिभिजन वन कार्यालय राप्तीका प्रमुख हेमबहादुर थापाको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीको प्रमुख आतिथ्यता रहेको थियो ।
उपाध्यक्ष मल्लले कैलाशको भुगोल, वातावरण र यहाँको वस्तुस्थिति हेरेर योजना निर्माण गर्नुपर्ने बताए । ‘हिजोको अवस्था भन्दा अहिलेको अवस्था अलि फरक छ, उपभोक्ता समितिलाई परि चालन गरी वनक्षेत्रको काम गर्नुपर्छ’ उनले भने । प्रत्यक्ष वन समूहका समितिलाई जोडेर योजना तर्जुमा गरिए अझ सहजता रहनेमा उनले जोड दिए । पालिकाले वन ऐन निर्माण गरिसकेको र आवश्यकताअनुरुप वनक्षेत्र, कृषि, उद्यमका कार्यक्रम योजनामा समेट्दै काम गरिने उनले प्रतिवद्धता जनाए । गाउँपालिकाले डिभिजन वनसँगको सहकार्य र समन्वयमा योजना बनाई कार्यान्वयन गरिने उनले बताए ।
वन कार्यालय प्रमुख थापाले आफ्नो कार्यक्षेत्रमा ८ वटा सव डिभिजन कार्यालय रहेको बताए । ‘आफ्नो क्षेत्रभित्र सामूदायिक, धार्मिक, कवुलियत र निजिव वनहरु छन्, उहाँहरुसँग यसैगरी गोष्ठी सञ्चालन गरी योजना संकलन गरी आगामी दिनमा योजना बनाउने गरेका छौं’ उनले भने । वनमा चोरीशिकारी र वन्यजन्तु शिकारी पनि बढ्दो अवस्था रहेको बताउँदै पालिकासँगको सहकार्यमा डिभिजन वन कार्यालय तत्पर रहेको बताए । दाउराको प्रयोग कमीले वनक्षेत्र अब काठको लागि उद्योगसँग मात्रै जोडिएको बताए । कार्यक्रममा सव डिभिजन वन कार्यालय कैलाशका वनअधिकृत वीरबहादुर योन्जनले योजना तर्जुमाको उद्देश्य, डिभिजनबाट सञ्चालित मुख्य कार्यक्रम र आगामी आर्थिक वर्ष २०८३÷८४ को लागि सम्भावित प्रस्तावित कार्यक्रम बारे जानकारी गराएका थिए ।

















































पालिका प्रेस 












प्रतिक्रिया दिनुहोस्