दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको थाहानगर सेवा केन्द्रको सदस्य सेवा केन्द्र पालुङको सातौं वार्षिक इकाइ भेला भएको छ । थाहानगर सेवा केन्द्रको संयोजक भरत गोपालीको अध्यक्षतामा भएको केलामा संस्थाको जेष्ठ सदस्य रामजी कार्कीको प्रमुख आतिथ्यता रहेको थियो ।

साधारणसभामा संचालक समितिका प्रतिनिधित्व गर्दै मुख्य कार्यालय हेटौंडाबाट ईश्वर पण्डित, थाहा नगरपालिका वडा नम्बर ४ का अध्यक्ष नारायण लामा, पालुङ शाखाको कार्यसमिति सदस्यहरु नेत्रमान प्रधान, रत्न बहादुर गोले, राजभाइ गोपालीलगायत सेयर सदस्य तथा कर्मचारीहरुको उपस्तिथि रहेको थियो।

साधारणसभामा संस्थाको प्रतिवेदन प्रस्तुत गर्दै थाहा संयोजक भरत गोपालीले विभिन्न स्थानमा छरिएर रहेका स–साना पुँजीलाई एकीकृत गरि सानै भएपनि राष्ट्रिय पुँजी निर्माण गर्न संस्थाले मद्दत गरेको बताए । उनले सहकारीसँग सम्बन्धित ऐन कानुनको परिधिभित्र रही सदैव सहकारी अभियानमा आवद्द हुन आग्रह गरे । संस्थाका व्यवस्थापक राममाया खत्रीले संचालन गरेको साधारणसभामा संस्थामा उत्कृष्ट कारोबार गर्ने सदस्यहरुलाइ सम्मान गरिएको थियो।

सम्मानित हुनेमा उत्कृष्ट मासिक बचततर्फ शान्नानी बिष्ट, दैनिक बचततर्फ सीता कार्की, उत्कृष्ट बाल बचतमा प्रनिशा स्याङ्तान र उत्कृष्ट ऋणमा सोनाम स्याङ्तानलाई सम्मानित गरिएको थियो ।

पालिका प्रेस
थप जानकारी