मकवानपुर थाहा नगरपालिकाको प्रसिद्ध इन्द्रायणी मन्दिरमा स्थानीय समाजसेवी गुप्त बहादुर कार्कीले नागको मूर्ति र चँदुवा चढाएका छन् । मन्दिर परिसरमा थाहा नगरपालिका वडा नम्बर २ पालुङका कार्कीले १३ मंसिरमा उक्त मुर्तिहरु चढाएका हुन् ।

मन्दिरमा पुजाआजसहित कार्कीले ४ वटा नागको प्रतिमा र चँदुवा चढाएको स्थानीय निरोज प्रधाने जानकारी दिए । कार्कीले चढाएको पित्तलको नाग १२ फिट लम्बाइका छन् ।

यसअघि पनि इन्द्रायणी मन्दिरमा कार्कीले ठूलो चँदुवा राखिसकेका छन् ।

यसैबीच इन्द्रायणी मन्दिरमा यसअघि पालुङकै माधव कार्की परिवारले सिंहको प्रतिमा, पालुङकै राम श्रेष्ठको परिवारले पित्तलको नाग, तोयापानी प्रधानको परिवारले पित्तलको झण्डा चढाएका थिए ।

इन्द्रायणी मन्दिरमा यसवर्ष तीन वर्षे मेला यहि मंसिर १८, १९ र २० गते लाग्नेछ ।

पालिका प्रेस
थप जानकारी