मकवानपुर थाहा नगरपालिकाले आन्तरिक रोजगारी प्रवद्र्धनका लागि बैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुलाई उद्यमशीलता प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । ७ असारमा नगरसभामा नगर प्रमुख विष्णु बहादुर विष्टले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा यस्तो उल्लेख गरिएको छ ।

नीति तथा कार्यक्रममा सुरक्षित आप्रवासन कार्यक्रम सामी, लघु उद्यम विकास कार्यक्रम मेड्पा, नगरपालिकाका विभिन्न विषयगत शाखाबाट रोजगारी सिर्जनाका लागि टेवा पुग्ने कार्यक्रमहरु तथा नगरपालिकाभित्र विभिन्न गैरसरकारी संस्थाबाट सञ्चालनमा रहेका श्रम तथा रोजगारमुलक कार्यक्रमहरुलाई थाहा नगरपालिकाको रोजगार सेवा केन्द्रको संयोजन र समन्वयमा सञ्चालन गरिने उल्लेख छ । रोजगार सेवा केन्द्रलाई श्रम तथा रोजगार शाखाको रुपमा विस्तार गर्ने नीति समेत थाहानगरले लिएको छ ।

बैदेशिक रोजगारीमा गएका कामदार तथा तिनका परिवारलाई बैदेशिक रोजगार बोर्डबाट उपलब्ध गराइने सेवा÷सुविधाहरुका लागि नगरको रोजगार सेवा केन्द्रबाट हुँदै आएको सहजिकरण सेवालाई निरन्तरता दिने पालिकाको नीति छ ।

पालिका प्रेस
थप जानकारी