मकवानपुर थाहा नगरपालिकाले जिल्लाकै सबैभन्दा अग्लो स्थान सिमभञ्ज्याङमा च्याङग्रा/ पाण्डा पालनको सम्भाव्यता बारे अध्ययन गर्ने नीति लिएको छ । मौसमअनुकल भए सिमभन्ज्याङमा च्यांङग्रा पालन शुरु गरिने पालिकाको नीति रहेको छ । ७ असारमा नगर प्रमुख विष्णु बहादुर विष्टले १८ औं नगरसभामा पेश गरेको आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रममा यस्तो उल्लेख गरिएको हो ।
नगरपालिकाले दुहुना गाई भैंसी र बाख्रा पकेट क्षेत्रको सम्भाव्यता अध्ययन गर्ने उल्लेख गर्दै दुहुना गाई–भैंसी/पाडापाडी खरिदमा अनुदानको कार्यक्रमलाई निरन्तरता दिई आगामी २ वर्षभित्र नगरपालिकालाई दुधमा आत्मनिर्भर बनाउने उल्लेख छ । यसका लागि दुधमा अनुदान तथा दुध संकलन केन्द्रलाई मागमा आधारित अनुदान कार्यक्रम सञ्चालन गर्ने थाहाको नीति छ ।
मत्स्यपालन प्रवद्र्धनको लागि सार्वजनिक खोला तथा नीजि जग्गामा मत्स्यपालन गर्ने कृषकलाई भुरा माछा खरिदका लागि अनुदानको व्यवस्था गर्ने, प्रत्येक वडा कार्यालयमा माइक्रोस्कोपको व्यवस्था गरी गोबर परीक्षणको कार्य सञ्चालनमा ल्याउने, रेविज रोग नियन्त्रणको लागि वडा तथा कृषकसँग समन्वय गरी सामुदायिक तथा घरपालुवा कुकुर तथा बिरालोहरुलाई निःशुल्क रेविज विरूद्धको खोप तथा बन्ध्याकरण कार्यक्रमलाई निरन्तरता दिने पालिकाको नीति छ ।
पशु प्राविधिकहरुको दक्षता अभिवृद्धि गरी प्रविधिको प्रयोग मार्फत किसानलाई कार्यस्थलमै तत्काल सेवा प्रवाह गर्ने प्रवन्ध गर्ने, पशुजन्य उत्पादन प्रवद्र्धनका लागि नश्ल सुधार, कृतिम गर्भाधान, पशु आहार प्रवद्र्धन र पशुजन्य व्यवसायमा लागत न्युनिकरण गर्न यान्त्रीकरणमा जोड दिने तथा प्रत्येक पशु सेवा केन्द्रहरुमा १/१ थान रेफ्रिजिरेटर व्यवस्था गर्ने नगरको नीति छ ।

















































पालिका प्रेस 












प्रतिक्रिया दिनुहोस्