नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रले चुहावट नियन्त्रण अभियान शुरु गरेसँगै हुकिङ मार्फत विद्युत चोरी गर्ने र मिटर वाईपास गर्ने ग्राहकलाई धमाधम फेला पार्न थालेको छ । प्राधिकरण पालुङले गोप्यढंगबाट त्यस्ता ग्राहक विरुद्ध गाउँमा स्ट्रिङ अप्रेशनकै रुपमा अभियान चलाएपछि चोरी गर्ने ग्राहकहरु कारबाहीको दायरामा ल्याइएको छ ।
प्राधिकरणले मिटरको छड्के निरीक्षण तथा रिसिलिङ अभियान समेत चलाएको छ । अभियानबाट विद्युत चुहावटहरु समेत पत्तँ लाग्न थालेको छ । पालुङ वितरण केन्द्रले माघ महिनामा संचालन गरेको यस अभियानका क्रममा ८ जना ग्राहकले विद्युत चुहावट गरेको फेला परेको छ । चुहावटका कारण क्षतिपूर्ती वापत पालुङ वितरण केन्द्रले १ लाख ४३ हजार जरिवाना अशुल गरेको केन्द्र प्रमुख माधब न्यौपानेले जानकारी दिए । अभियानका क्रममा बढी विद्युतशक्ती खपत गर्ने ग्राहक तथा उपभोक्ताहरुको छड्के गरिएको र रिसिलिङ समेत गरिएको प्रमुख न्यौपानेले बताए ।
रिसिलिङ र चुहावट नियन्त्रण अभियान निरन्तर संचालन गरेसंगै पालुङ प्राधिकरणले चालु आर्थिक वर्ष २०८०/०८१ को माघसम्म विद्युत महशुल नबुझाउने ४ सय ५४ ग्राहकको लाईन काटिसकको पनि प्रमुख न्यौपानेले बताए । लाईन काटिएका ग्राहकको ८० लाख ४४ हजार बक्यौता रहेको र जस मध्ये ३ सय ७१ ग्राहकले बक्यौता बुझाई लाईन पुनः लाइन जोडिएको वितरण केन्द्रले जनाएको छ । विद्युत लाईन काटिएका ग्राहकबाट ७ लाख ७७ हजार असुल भएको पनि प्रमुख न्यौपानेले बताए ।



















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्