फोटो सौजन्यः जगन्नाथ ढकाल

चितुवाको आक्रमणबाट थाहा नगरपालिका वडा नम्बर २ मा २ जना घाइते भएका छन् । २ नम्बर वडाका ६६ वर्षिय हेमन्त कुमार ढकाल र ६० वार्षिया सावित्री देवी ढकाल चितुवाको आक्रमणमा परी घाइते भएका हुन् । ढकाललाई उपचारको लागि पालुङ प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको छ ।

घाइतेहरुको अवस्था जटिल नभएको स्वास्थ्य केन्द्रले जनाएको छ ।

ढकाललाई आक्रमण गरेपछि गाउँलेहरुले चितुवा धपाउन मानिसहरू् कराएपछि भागेको चितुवाको सेफ्टी ट्याङ्कीमा खसेर मृत्यू भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

यस सम्बन्धी थप विवरण आउन बाँकी छ ।

पालिका प्रेस
थप जानकारी