चित्लाङ–थानकोट सडक खण्डको थानकोटतर्फको सेतो पहरामा सवारी दुर्घटनामा परी ५ जनाको ज्यान गएको छ । काठमाडौंबाट चित्लाङ आउँदै गरेको बा प्र–०१–०२३ च ६९८५ नम्बरको फोर्ड गाडी चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ मा सेतो पहरामा २८ पुसमा दुर्घटना भएको हो ।
गाडीमा सवारी ६ जनामध्ये एक जना भने हाम फालेर बच्न सफल भएका छन् । महानगरीय प्रहरी वृत्त थानकोटाका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार ४ जनाको घटनास्थलमा र १ जनाको उपचारको क्रममा बल्खुस्थित बयोधा अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा काठमाडौं उपमहानगरपालिका ३० मैतीदेवीका ६७ वर्षीय ओमकारनिधि तिवारी, उनकी पत्नी ६४ वर्षीया कल्पना तिवारी, ज्वाइँ काठमाडौं–२ का महेशकुमार गौतम, उनका छोराछोरी क्रमशः ६ वर्षीया स्मारिका र ४ वर्षीय प्रियन्सको मृत्यु भएको हो । घाइते स्मारिकाको बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । चालक डाक्टर महेशकुमारकी पत्नी डाक्टर सृष्टि तिवारी गौतम गाडीबाट हामफालेर बाँच्न सफल भएकी हुन् ।
कार सडकबाट करिब ६ सय मिटर तल खसेको थियो । कारमा सवार उनीहरु थाहानगरको चित्लाङ घुम्न आएका हुन सक्ने प्रहरीको अनुमान गरेको छ । हेटौंडा–काठमाडौं छोटो दुरीको कुलेखानी, फाखेल, सिस्नेरी र चखेलको सडक मर्मत सम्भारका कारण सवारी साधन चल्न रोक लगाइएपछि अहिले चित्लाङ–थानकोट सडकमा सवारी चाप बढेको छ । उक्त सडक हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने छोटो दुरीको मार्गको रुपमा परिचित छ भने थाहानगर, इन्द्रसरोवर, भिमफेदीलगायतका स्थानीइहरु पनि सोही बाटो भएर यात्रा गर्ने गर्दछन् । सडक कच्ची छ । धुलो र खाल्डाखुल्डी भएकोले दिनानुदिन जोखिम बढ्दै गएको छ ।



















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्