बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले चालु आर्थिक वर्षको अवधिमा भएगरेका कामको विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षमा भइगरेका प्रगति विवरण सोमबार सञ्चारकर्मीसँगको साक्षात्कार कार्यक्रम गर्दै बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गंगानारायण श्रेष्ठले यो वर्ष धेरै काम गरिएको बताए ।
आफु मन्त्री बनेर आएदेखि मन्त्रालयबाट धेरै काम गरेको दावि उनको छ । बागमती प्रदेशमा पनि चिसो बढ्दै गएकाले प्रदेशका विभीन्न विपन्न परिवारका ६ वटा स्थानीय तहका नागरिकलाई ६ सय ६६ न्यानो फाइबर सिरक वितरण गरिएको उनले बताउनुभयो । यसैगरी ऐन २ वटा, कार्यविधि ७ वटा, संशोधित नियमावली दुईवटा, मापदण्ड दुईवटा, संशोधनसहित आदेश एक वटा गरी १४ वटा कानुन राजपत्रमा प्रकाशित गरिएको उनले जानकारी दिए । मन्त्रालयको वार्षिक कार्यक्रम कार्यान्वयनका लागि पाँचवटा कार्यविधि तर्जुमा गरिएको प्रगतीमा उल्लेख छ । हामीले द्धन्दपीडितका लागि सवलीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि, मौलिक चलचित्र निर्माण तथा प्रवद्र्धनमा सहयोग कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि, जनचेतनामूलक प्रचार सामाग्री प्रशारण र वितरण कार्यविधि, यूवा सचेतना कार्यक्रम सञ्चालन कार्यविधि र स्थानीय न्यायिक सहजकर्ता नियुक्ती तथा परिचालन सम्बन्धी कार्यविधि तर्जुमा गरेका छौं, मन्त्री श्रेष्ठले भने ।
प्रदेश सरकारले प्रदेशभित्र ८ वटा प्रहरी भवन निर्माण सम्पन्न भई प्रयोगमा ल्याएको छ भने १९ वटा क्रमागत र पाँचवटा नयाँ प्रहरी ईकाइ भवनको लागि आवश्यक प्रक्रिया अघि बढाइएको मन्त्री श्रेष्ठले बताए । सञ्चारक्षेत्र समेत यही मन्त्रालयले हेर्ने भएकाले प्रदेशका चार सय ४० जना पत्रकारहरुको दुर्घटना बीमा लागु गरिएको छ, पत्रकारलाई विभिन्न विषयवस्तुमा तालिम प्रवाह गर्नुका साथै अनलाईन, रेडियोलाई इजाजत पत्र प्रदान गरिएको मन्त्री श्रेष्ठले बताए ।



















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्