बागमती प्रदेशको मन्त्रिपरिषद्को २२ पुसमा सम्पन्न बैठकले विभिन्न १० वटा निर्णय गरेको छ । प्रदेशको मन्त्रिपरिषद्को बैठकले समस्याग्रस्त सहकारी संस्थाको निमित्त व्यवस्थापन समिति गठन तथा सो समितिको सेवा सुविधा तथा शर्त सम्वन्धि व्यवस्था सम्वन्धमा निर्णय गरेको छ । प्रदेशको संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय अन्तरगतको समितिको अध्यक्षमा काठमाण्डौंका प्रशान्त अधिकारी र सदस्यहरुमा काठमाण्डौंकै यज्ञनाथ दाहाल र मकवानपुरका यतीराज सापकोटा सदस्यमा राख्ने निर्णय गरिएको छ ।
प्रदेशको मन्त्रिपरिषद्को आजको बैठकले भौतिक संरचनाको संरचनात्मक सुधारको खर्च अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ । यसैगरी जनचेतनामूलक प्रचार सामग्री निर्माण, प्रसारण तथा वितरण कार्यविधि २०८० स्वीकृत गरेको आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए । मौलिक चलचित्र निर्माण तथा प्रवर्द्धनमा सहयोग कार्यक्रम सन्चालन सम्वन्धि कार्यविधि २०८० स्वीकृत गरिएको छ । द्वन्द्व पीडितका लागि सवलिकरण कार्यक्रम कार्यन्वयन कार्यविधि २०८० स्वीकृति गरिएको छ । यसैगरी बागमती प्रदेशसभाका सदस्य गिता गुरुङको हेयरिङ मेशिन खरिद गर्ने निर्णय गरिएको उनले बताए ।
प्रदेश सरकारको आजको मन्त्रिपरिषद्को बैठकले एक वडा एक कृषि पशुपन्छी तथा मत्स्यजन्य उत्पादन कार्यक्रम कार्यान्वयन कार्यविधि २०८० स्वीकृत, एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन (दोश्रो संसोधन) कार्यविधि २०८० स्वीकृत, गर्भवती तथा सुत्केरी अवस्थाका ज्यान जोखिममा परेका महिलाको निशुल्क हवाइ उद्धार सेवा सम्वन्धि कार्यविधि २०८० स्वीकृत गरिएको छ । यसैगरी बैठकले दुर्गम क्षेत्र विशेषज्ञ चिकित्सक प्रोत्साहन तथा विस्तारित अस्पताल सेवा सन्चालन सम्वन्धि कार्यविधि २०८० स्वीकृत गर्ने निर्णय गरिएको छ ।



















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्