पालुङ जेसीज वर्ष २०२४ को अध्यक्ष पदमा निरज रायमाझी निर्वाचित भएका छन् । १४ पुसमा पालुङ जेसीज सभाहलमा भएको निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी माधव कार्कीलाई ४२ मतले पराजित गर्दै रायमाझी अध्यक्षमा निर्वाचित भएका हुन् ।
मत परिणाम अनुसार रायमाझीले ६५ र कार्कीले २३ मत पाएका छिन् । कुल ९२ मत खसेकोमा ४ मत भने बदर भएको निर्वाचन आयुक्त जयराम खत्रीले जानकारी दिए । पालुङ शाखामा कुल मतदाता १ सय ७ रहेका थिए । नवनिर्वाचित अध्यक्ष रायमाझी सन् २०१७ मा पालुङ जेसीजको सदस्य भई सञ्चार संयोजकको जिम्मेवारी सम्हालेकोमा २०१८ र २०१९ मा साधारण सदस्य, २०२० मा उपाध्यक्ष, २०२१ मा कोषाध्यक्ष, २०२२ मा महासचिवको जिम्मेवारी सम्हाली सकेका छन् । उनी वर्ष २०२३ मा कार्यसमितिको कानुनी सल्लाहकारको जिम्मेवारीमा रहेका थिए । जेसीज अभियान अन्तरगतको ५ वटा राष्ट्रिय महाधिवेशन, ५ वटा क्षेत्रिय सम्मेलन सहित जेसीजका विभिन्न तालिम पुरा गरेका रायमाझीले पालुङ जेसीज बर्ष २०२४ लाई ईतिहासकै पानामा स्वर्ण अक्षरले अंकित गराउन उत्कृष्ट वर्ष बनाउने बताउने प्रतिवद्धता जनाएका छन् ।
त्यस्तै पालुङ जेसिजको कार्यकारिणी उपाध्यक्षमा नारायण तामाङ र मान सिं दोङको निर्वाचित भएका छन् भने उपाध्यक्ष पदमा स्मिता बिष्ट, बिराज थापा, नारायण कार्की र बिस्मिता गोपाली निर्वाचित भएको निर्वाचन आयुक्त खत्रीले जानकारी दिए । नवनिर्वाचित अध्यक्ष तथा पदाअधिकारीहरुलाई पालुङ जेसीजका संस्थापक अध्यक्ष पुरुषोत्तम ढकालसहित पूर्व अध्यक्ष तथा सदस्यहरुले बधाई दिएका छन् ।



















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्