मकवानपुर थाहानगरमा क्रियाशील पालुङ जेसीज बर्ष २०२४ का लागि अध्यक्ष पदका उम्मेदवार निरज रायमाझीले बर्ष २०२४ को आफ्नो योजनाहरु सार्वजनिक गरेका छन् । उमेद्वारी दर्तासंगै उमेद्वार रायमाझीले युवाहरुका लागि तालिमले सिपसंगै क्षमताको पनि विकास गर्ने योजना सुनाए ।

आफ्नो कार्ययोजना सार्वजनिक गर्दै अध्यक्ष पदका उम्मेदवार रायमाझीले जेसीज नेतृत्व विकासको लागि महत्त्वपूर्ण प्लेटफर्म भएकोले वर्ष २०२४ मा विभिन्न सामाजिक गतिविधिहरु संचालन गर्ने बताए । कार्ययोजनामा बर्ष २०२४ मा विपत व्यवस्थापन कोष निर्माण गर्ने, जेसीज क्यालेन्डर प्रकाशन गर्ने, वित्तीय साक्षरता कार्यक्रम, विमा सम्बन्धी तालिम कार्यक्रम संचालन गरिने उल्लेख छ ।

त्यस्तै जेसीज स्वस्थ्य शिविर, जेसिआई सिनेटरसिप लिन प्रेरित गर्ने, सदस्यता लिन इच्छुक युवाहरूलाई तालिम मार्फत सदस्यता प्रदान गर्ने, पूर्व अध्यक्ष फेलोसिप कार्यक्रम, जेसीज कप व्याटमिन्टन प्रतियोगिता संचालन गर्नुका साथै थाहानगरका सबै वडामा जेसीज अभियान अन्तरगत विविध कार्यक्रम संचालन गरिने उल्लेख छ । थाहा नगरको र पालुङ जेसीजको पहिचानको लागि थाहानगर प्रवेश गर्ने सबै सिमानामा थाहानगरको परिचय समेटिएको नक्सासहित परिचय बोर्ड राख्ने साथै युवालाई आत्मनिर्भर बनाउन उद्यमशिलताको लागि ब्यवसाय प्रवद्र्धनसहित कार्यक्रम कार्ययोजनामा राखेका छन् ।

रायमाझी सन् २०१७ मा पालुङ जेसीजको सदस्य भई सञ्चार संयोजकको जिम्मेवारी सम्हालेका रायमाझी २०१८ र २०१९ मा साधारण सदस्य, २०२० मा उपाध्यक्ष, २०२१ मा कोषाध्यक्ष, २०२२ मा महासचिव को जिम्मेवारी सम्हाली सकेका छन् । हाल वर्ष २०२३ मा कार्यसमितिको कानुनी सल्लाहकारको जिम्मेवारीमा रहेका रायमाझी एक वर्ष, एक ब्यक्ति, एक पदको सिद्धान्त अनुसार आफुले अध्यक्ष पदमा उमेद्वारी दिएको बताउँदै सबैको सहयोग, सद्भाव आफूप्रति रहेकोमा विश्वस्त छन् ।

जेसीज अभियान अन्तरगतको ५ वटा राष्ट्रिय महाधिवेशन, ५ वटा क्षेत्रिय सम्मेलन सहित जेसीजका बिभिन्न तालिम पुरा गरेका रायमाझीले पालुङ जेसीज वर्ष २०२४ लाई ईतिहासकै पानामा स्वर्ण अक्षरले अंकित गराउन उत्कृष्ट वर्ष बनाउने रायमाझीको प्रतिवद्धता छ । पालुङ जेसिजको १३ पुसमा साधारण सभासंगै निर्वाचनको कार्यक्रम सार्वजनिक भैसकेको छ ।

पालिका प्रेस
थप जानकारी