बक्यौता विद्युत महशुल नतिरेका दुरसंचार सेवा प्रदायक एनसेलको ६ वटा टावरको विद्युत लाईन काटेको छ । नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रले १२ पुसमा लाइन काटेको हो । लगातार ३ महिनासम्म महशुल नबुझाउने सिमभन्ज्याङ, कुलेखानी देउराली र सल्ले, फाखेल, मार्खु तथा कुन्छालमा रहेका टावरहरुको पालुङ प्राधिकरणले लाईन काटेको हो ।

एनसेलका टावरहरुमा जडित विद्युत लाईनको वक्यौता महशुल नबुझाएको कारण लाईन काटेको हो । पालुङ वितरण केन्द्र अन्तर्गत थाहा नगरपालिका र ईन्द्रसरोवर गाँउपालिकाका विभिन्न स्थानमा एनसेलका १३ वटा टावर जडित छन् । उक्त टावरहरुको १२ पुससम्मको ७ लाख ४३ हजार वक्यौता बुझाउन बाँकी रहेको कारण बढी वक्यौता भएका ६ वटा टावरको लाईन काटिएको पालुङ वितरण केन्द्रका प्रमुख माधब न्यौपानेले बताए ।

एनसेललाई पनि वक्यौता बुझाउन पटक –पटक भनिएको भए पनि बक्यौता महशुल नबुझाएकोले लाईन काटिएको हो । सबै टावरको महशुल नुबझाए क्रमशः सबै टावरको लाईन काटिने पनि प्रमुख न्यौपानेले बताए । बक्यौता महशुल उठाउन विगत ३ महिनामा मात्रै पालुङ प्राधिकरणले २ सय भन्दा बढी ग्राहकको लाईन काटेको छ भने लाईन काटिएका ग्राहकहरुमा ९० लाख भन्दा बढी बक्यौता रकम उठाईसकेको छ ।

पालिका प्रेस
थप जानकारी