बागमती प्रदेश सरकारको मन्त्री परिषद् बैठकले हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ मा रहेको मकवानपुर बहुमुखी क्याम्पसलाई प्रदेशको सार्वजनिक विश्वविद्यालय बनाउने निर्णय गरिएको छ ।

मन्त्रिपरिषद्को ३ पुसको बैठकले क्याम्पसलाई विश्वविद्यालय बनाउने निर्णय गरिएको प्रदेशका मुख्यमन्त्री शालिकराज जम्मकट्टेलले जानकारी दिए । अबको केही दिन भित्रमानै आफुहरु र मकवानपुर क्याम्पस सञ्चालक समिति बिच बैठक बस्ने र काम पनि अगाडी बढाउने मन्त्री जमकट्टेलको भनाइ छ ।

विश्वविद्यालय स्थापनाका लागि क्याम्पस सञ्चालक समितिसंग कुराकानी गरेर कार्यालय पनि स्थापना गर्ने चरणमा आफुहरु रहेको मुख्यमन्त्री जम्मकट्टेलले बताए ।

पालिका प्रेस
थप जानकारी