‘थाहा महोत्सबमा २३ गते को कलाकार आउने हो ?’
‘बद्रि पंगेनी’
यसपछि उनीहरु भन्थे, ‘पंगेनीले गीत गाउँदा फेरि २०७३ सालमा जस्तै आमाहरु रुने भए ।’
नभन्दै त्यही भयो । स्टेजमा माइक समाउने वित्तिकै पंगेनीले आफूले गाउने गितहरुको झल्को दिए, रातो पछ्यौरी अनि तातो पछ्यौरी, ससुरालीमा .. यस्तै यस्तै । ‘स्टेज अघिल्तिर आमाहरु देखेपछि मलाई घरको याद आउँछ, आमाको याद आउँछ, परदेशिएका छोराहरुको याद आउँछ’–गायक पंगेनीले सुनाए ।
पंगेनी परदेश जानुको बाध्यतालाई भावुक हुँदै बोलिरहेका थिए । उनले गीत शुरु नगर्दै दर्शक भावुक बनिसकेका थिए, आमाहरुको गहमा आँसु टिल्पिलाउन थालिसकेको थियो । पंगेनीले गाए –‘बिदा पाउँदिन आमा बिदा पाउँदिन, अहिलेको साल पनि घर आउँदिन ।’
युवाहरु समेत स्तब्ध थिए । अब त झन् गायक पंगेनी मञ्चबाट तल नै आए । पंगेनीले आफू पनि टुहुरो भएको र बुढापाका देख्ने वित्तिकै मेरै आमा बा जस्तो लाग्छ भनिरहँदा आमाहरु भक्कानीसकेका थिए । दर्शकहरु नजिकै र आमा उमेरका महिलाहरु नजिकै पुगेर गित गाए । उनीहरु आँशु खसालिरहेका थिए । बद्रिले गाए–‘आमा तिमीले नझार आँशु, तिमी रोए कसरी म हाँसु ।’
थाहा नगरको इन्द्राायणी चौरमा भइरहेको चौथो थाहा महोत्सवमा प्रशिद्ध गायक बद्रिं पंगेनी आएका थिए । उनले महोत्सबमा उपस्थितलाई आग्रह गरे, ‘यो यथार्थ हो, नेपालीको अवस्था यस्तै छ । बरु अब छोरा फर्केपछि फेरि बिदेश नपठाउनुहोस् । बरु एक छाक खाएर बसौंला ।’ अझ मञ्चमै रहेका थाहानगरका नगर प्रमुख विष्णु बहादुर विष्टको ध्यानाकर्षण गराउँदै भने–‘तपाई नगर पिता, मान्छे विदेश नजाने के कार्यक्रम ल्याउनु भएको छ ?’
त्यसो त पंगेनीले त्यसपछिको प्रस्तुतिमा केही रमाइला गीत गाएका थिए । पंगेनीसंगै महोत्सवको २३ मंसिरको प्रस्तुतिमा शिव परियार, रचना रिमाल लगायतका राष्ट्रिय तथा स्थानीस्य कलाकारहरुको प्रस्तुति रहेको थियो ।



















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्