मकवानपुर थाहा नगरपालिकमा ६ जना नयाँ करार सेवाका कर्मचारी नियुक्तिका लागि सिफारिस भएका छन् । पालिकामा नगर प्रहरीतर्फ १ जना सहायक निरीक्षक, २ जना हवल्दार र १ जना नगर प्रहरी जवान र २ जना कार्यालय सहयोगी सिफारिस भएका हुन् ।
पालिकाले नगर प्रहरी सहायक निरीक्षकमा किरण गिरी, नगर प्रहरी हवल्दारमा मनोज केसी र संग्राम खत्री र प्रहरी जवानमा सुरज विष्टलाई पदपूर्ति समितिले नियुक्तिका लागि सिफारिस गरेको हो । थाहा नगरपालिका अन्तर्गत दामन शहरी स्वास्थ्य केन्द्रका लागि कार्यालय सहयोगी एन्जिला थिङ र वडा नम्बर ७ का लागि कार्यालय सहयोगी श्याम कुमार गोले पनि सिफारिस भएका छन् ।
पालिकाले लिएको परीक्षाहरुमा उतीर्ण सबै जनालाई पदपूर्ति समितिले नियुक्तिका लागि सिफारिस गरेको छ ।















































पालिका प्रेस 













प्रतिक्रिया दिनुहोस्