मकवानपुर थाहा नगरपालिकाको शिखरकोट स्थित फल्चामा भोटेकोशी बाढी पीडितको सम्झनामा दीप प्रज्वलन गरिएको छ । थाहा नगरपालिकासहित स्थानीय क्लब, सामाजिक संघसंस्था, बैंक तथा वित्तीय संस्था र सञ्चारमाध्यमहरुको समेत स्वतस्फूर्त उपस्थितीमा दीप प्रज्वलन कार्यक्रम भएको फरकसोचका यादवजंग रायमाझीले जानकारी दिए ।
भोटेकोशीमा गत १० भाद्रमा आएको बाढीका कारण थाहा नगरपालिकाका २० सहित देशभरका हजारौं व्यक्ति वेपत्ता छन् भने हजार भन्दा बढीको मत्यू भैसेको सरकारी तथ्याङ्क रहेको छ । शिखरकोटमा आयोजित कार्यक्रममा थाहा नगरपालिकाका नगर उपप्रमुख भरत गोपालीको विशेष उपस्थिती रहेको थियो । कार्यक्रममा शिखरकोट बजार व्यवस्थापन समिति, शिखरकोट, नवजागृत पुस्तकालय, फरक सोच, पालुङ जेसिज, मोबाइल एशोसिएशन उत्तरी क्षेत्र समितिलगायत संघसंस्थाको प्रतिनीधिहरुको उपस्थिती रहेको थियो ।

फल्चामा आयोजित कार्यक्रममा बाढीका कारण दिवंगत भएकाहरुलाई श्रद्धाञ्जली अर्पण गरेका थिए । घटनामा घाइते भएकाको शिघ्र स्वास्थ्य लाभकामो कामना तथा वेपत्ता नागरिकको चाँडो पत्ता लागोस भनी शुभेच्छा व्यक्त गरेका थिए ।
त्यस्तै थाहा नगरपालिकाकै ३ नम्बर वडास्थित बागेखोलामा पनि भोटेकोशी बाढीमा परी दिवंगत भएकाहरको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।






















































प्रतिक्रिया दिनुहोस्