थाहा नगरलाई पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा कार्यान्वयन गर्नको लागि थाहा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा एक दिने नियमित खोप शुद्धिकरण पुर्ण खोप सुनिश्चितता र दिगोपना तथा सूक्ष्म योजना अद्यावधिक र सरसफाइ प्याकेजको समिक्षा गोष्ठी सम्पन्न भएको छ।
नगरपालिकाको सभाहलमा श्रावण २८ मा सम्पन्न गोष्ठीमा सबै सर्तहरु पूरा गरि नियमित खोपको घरभेट सर्वेक्षण गरी उमेरअनुसार खोप पाए नपाएको यकिन गरेर खोप लगाउन छुटेको पाइएमा खोप दिने प्रक्रियाअनुरुप खोप दिने व्यवस्था गरे नगरेको समिक्षा गोष्ठीमा जानकारी लिइएको स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिए ।
कार्यक्रममा थाहा नगरपालिका भित्रका स्वास्थ्यकर्मी तथा महिला स्वयंसेविका हरुको उपस्तिथि रहेको थियो। थाहा नगरपालिकाको आवश्यक तथ्य पेस भएको र सोही तथ्यका आधारमा पूर्ण खोप सुनिश्चितताको मापदण्ड पुरागरी १२ वडाले नगरपालिकामा सिफारिस गरिसकेको छ। थाहा नगरपालिका भित्र ९८ प्रतिशत बालबालिकाले पुर्ण खोप लगाएको स्वास्थ्य शाखाको तथ्यांक छ।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्