काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरुले संघ सरकारको सशर्त अनुदानबाट गर्नुपर्ने कामको मार्गदर्शन पठाएको छ ।

संघीय मन्त्रालयले स्वास्थ्य क्षेत्रमा सशर्त अनुदानबाट गर्नुपर्ने कामको लागि मार्गदर्शन पठाएको हो । मन्त्रालयले २४ साउनमा सबै स्थानीय तहहरुलाई परिपत्र गर्दै स्वास्थ्य क्षेत्रमा प्राप्त सशर्त अनुदानका आधारमा गर्नुपर्ने कामको लागि मार्गदर्शन पठाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन २२ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाउँदै स्वास्थ्यतर्फका सशर्त अनुदान अन्तरगतका क्रियाकलापहरु संचालन सम्बन्धी मार्गदर्शन पठाउनको लागि समन्वय गरिदिन आग्रह गरेको थियो । स्वास्थ्यको आग्रह अनुसार सामान्य प्रशासन मन्त्रालयले मार्गदर्शन आफ्नो वेबसाइटमा पनि राखेको छ भने सबै स्थानीय तहहरुलाई परिपत्र पनि गरिदिएको छ ।

 मार्गदर्शन पढ्न र डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्

पालिका प्रेस
थप जानकारी