थाक्रे गाउँपालिकाको आयोजनामा सुरक्षित आप्रवासनका बारेमा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । जनप्रतिनीधि, स्थानिय सरोकारवाला, पहरी र पत्रकारका बीचमा आज मंगलबार अन्तक्रिया कार्यक्रम भएको हो ।

सुरक्षित आप्रवासन परियोजना (सामी)ले थाक्रे गाउँपालिका भित्र सञ्चालन गरिएको वितिय साक्षरताका बारेमा सहजकर्ता लक्ष्मि भुजेलले जानकारी गराउनु भएको थियो । कार्यक्रममा बैदेशिक रोजगारीलाई मर्यादित,व्यवस्थित र लाभदायिक कसरी बनाउन सकिन्छ भने बारेमा सरोकारवालाहरुका विचमा अन्तक्रिया गरीएको हो ।

नेपालमा पछिल्लो समय सिप सिकेर बैदेशिक रोजगारीमा जानेहरु कम हुँदा समस्या हुँदै आएको सामीले बताएको छ । विना श्रम स्वकृती नलिकन बैदेशिक रोजगारीमा जाँदा नेपालीहरु समस्यामा पर्ने गरेका छन्। बैदेशिक रोजगारीमा जान चाहने युवालाई ल्िरक्षत गरी उच्च माग भएका क्षेत्रमा बैदेशिक रोजगार बोर्डले निःशुल्क सीप तालिमको वयवस्था गरे पनि नेपालीले सीप नलिकन बैदेशिक रोजगारीमा जाने गरेका सामीले बताएको छ ।

कार्यक्रममा बोल्नु हुँदा थाक्रे गाउँपालिकाका उपाध्यक्ष अम्बिका रुपाखेतीले बैदेशिक रोजगारीमा जाने व्यक्तिहरुलाई मर्यादित,व्यवस्थित, लाभदायिक र प्रभावकारी बनाउन सामीले काम गर्नु पर्ने बताउनु भएको छ ।

बैदेशिक रोजगारीमा जाने व्यक्तिले पासपोट बनाउदा स्थानिय तहमा केहि जानकारी तथा कागजको सिफारिसको व्यवस्था गर्न पाए बैदेशिक रोजगारीमा जाने व्यक्तिको जानकारी पालिका सगं हुने बताउनु भएको छ । कार्यक्रममा अन्य सरोकारवाला व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

पालिका प्रेस
थप जानकारी