मकवानपुरको थाहा नगरपालिका क्षेत्रमा जग्गा कित्ताकाटलाई वैकल्पिक विधिबाट फुकुवा गर्ने निर्णय भएको छ । थाहा नगरपालिका नगर कार्यपालिकाको २७ असारमा बसेको बैठकले सडकलाई आधार बनाउँदै जग्गा कित्ताकाट खुलाउने निर्णय गरेको हो ।

नगरपालिकको निर्णयानुसार अब सडक दायाँबाया आवास क्षेत्रको रुपमा विकास गरिने भएको छ । नगरपालिकाले त्रिभुवन राजपथदेखि दायाँबायाँ २ सय मीटर क्षेत्रलाई आवासीय क्षेत्रको रुपमा तोकेको छ । त्यस्तै, कुन्छाल कुलेखानी सडकको २ सय मीटर, गणेशमान सिं मार्गको दायाँबायाँ २ सय मीटर, नागदह दामन डाँडाबास मोरिया महादेववेशी सडक दायाँबायाँ २ सय मीटर क्षेत्रलाई नगरपालिकाले आशिय क्षेत्रको रुपमा तोकेको छ ।

नगर कार्यपालिकाले पालिकाको भूउपयोग नीति निर्माण नहुँदासम्म यस्तो व्यवस्था कार्यान्वयन गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी दिए ।
त्यस्तै पालिका अन्तर्गत निर्माण भएका अन्य सडकको भने १ सय मीटर दायाँबायाँ मात्र आवाशिय क्षेत्रको रुपमा तोकेको छ । यि बाहेक अन्य सबै जग्गा कृषि क्षेत्र जमिनको रुपमा कार्यान्वयन हुने पालिकाले जनाएको छ ।

यसैबीच अंशवण्डा र साँध सीमानालाई कृषि तथा आवसिय क्षेत्र दुवैमा कित्ता काट खुल्ला गर्ने नगर कार्यपालिकाको निर्णय रहेको छ ।

यि हुन् आवासिय क्षेत्राधिकार भएको सडकहरुः

 

पालिका प्रेस
थप जानकारी