आउँदो असार १० गते स्थानी सरकारले निती तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने कानूनी व्यवस्था रहेको छ । त्यही अनुसार मकवानपुरका दश वटा स्थानीय तहका जनप्रतिनिधिहरु र कर्मचारीहरु यसमा व्यस्थ छन् । संघीय सरकार, प्रदेश सरकारको बजेट ल्याइसकेपछी स्थानीय सरकारले बजेट ल्याउने ब्यवस्था रहेको छ । त्यही अनुसार बजेटका लागि तयारी थालिएको हो ।
मकवानपुरका धेरैजसो स्थानीय तहले आउँदो आर्थिक वर्षको बजेटमा शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा प्राथमिकता दिएर बजेट ल्याउने बताएका छन् । मकवानपुरगढी गाउँपालिकाले आउँदो आर्थिक बर्षको बजेटमा खानेपानी, बिजुली, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई जोड दिने अध्यक्ष दोर्जे लामा स्याङतानले जानकारी दिए । बिशेषगरी गढीकै बिकट गाउँहरुमा अहिले पनि खानेपानीको समस्या भइरहेकाले यसमा जोड दिन लागिएको उनले बताए ।
हेटौंडा उपमहानगरपालिकाले पनि यहाँका १९ वटा वडामा के के विकासका काम गर्ने भनेर योजनाबद्ध ढंगले काम गरिरहेको छ । बिशेषगरी बिकास निर्माण, सामाजिक क्षेत्र, शिक्षा, स्वास्थ्य, कृषिका कामलाई जोड दिइएको उपमहानगरपालिकाका मेयर मिना कुमारी लामाले बताइन् ।
मकवानपुरको बकैया गाउँपालिकाले आउँदो आर्थिक वर्षको बजेटमा कृषिलाई बडी जोड दिइएको अध्यक्ष धर्मराज लामिछानेले बताए । बिशेषगरी कृषिमा लागेका युवालाई स्वरोजगार बनाएर बिदेश पलाएन हुनबाट जोगाउनका लागि कृषिमा जोड दिन लागिएको उनले बताए । कृषि पछी स्वास्थ्य, शिक्षा, खानेपानी, बिजुलीलाई जोड दिइएको बताए ।
मकवानपुरको बकैया र गढी मात्र होइन । हेटौंडा उपमहानगरपालिका, बागमती गाउँपालिका, मनहरी गाउँपालिका, राक्सिराङ गाउँपालिका, कैलाश गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका, थाहा नगरपालिका, भीमफेदी गाउँपालिका पनि बजेटको तयारीमा जुटेको छ । सबैजसो स्थानीय तहले भौतिक पूर्वाधारमा बढी जोड दिने बताएका छन् । धेरैजसो विकास खर्च सडक निर्माण, खानेपानी, बिजुली, भवन निर्माण लगायतका क्षेत्रमा खर्च गर्ने प्रतिक्रिया दिए ।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्