मकवानपुर थाहा नगरपालिकाको प्रमुख पदमा ६ जनाको उमेद्वारी दर्ता भएको छ । स्थानीय तह सदस्य निर्वाचन अधिकृतको कार्यालय थाहा नगरपालिकामा ११ र १२ वैशाखमा उपप्रमुखमा भने २ जनाको मात्र उमेद्वारी परेको छ ।
पालिका प्रमुखमा नेपाली काँग्रेस (वि.पी.) का विर बहादुर भोम्जन, मंगोल नेशनल अर्गनाइजेशनका राजकुमार गोले, नेकपा एमालेका अच्युतम प्रसाद ढकाल, नेकपा माओवादी केन्द्रका विष्णु बहादुर विष्ट, राष्ट्रिय जनमोर्चाका शुभराज गोले र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बसुन्धरा पुडासैनीको उमेद्वारी दर्ता भएको हो ।
त्यस्तै पालिका उपप्रमुखमा नेकपा एमालेबाट कल्पना बलामी र नेपाली काँग्रेसबाट भरत गोपालीको उम्द्वारी दर्ता भएको छ ।


















































दिनेश दर्पण 







प्रतिक्रिया दिनुहोस्