मकवानपुर थाहा नगरपालिकामा ६२ पदका लागि २४४ जनाको मनोनयन दर्ता भएको छ ।
निर्वाचन आयोगको कार्यतालिका अनुसार ११ र १२ वैशाखमा भएको मनोनयन दर्तामा स्थानीय तह सदस्य निर्वाचन अधिकृतको कार्यालय विकास घर शिखरकोटमा मनोनयन दर्ता भएको हो ।
थाहा नगरपालिकाको प्रमुख पदमा ६ जनाको उमेद्वारी परेको छ भने उपप्रमुख पदमा २ जनाको मात्र उमेद्वारी दर्ता भएको छ ।
विभिन्न राजनीतिक दल तथा स्वतन्त्रसहित १२ जना वडा अध्यक्ष पदका लागि ५८ जनाले उमेद्वारी दिएका छन् । यो संख्या आवश्यक भन्दा करिब ५ गुणा बढि हो । राजनीतिक दलहरुका अनुसार वडा नम्बर १ मा ४ जना, वडा नम्बर २ मा ६, वडा नम्बर ३ मा ५, वडा नम्बर ६ मा ५ जनाको उमेद्वारी मनोनयन दर्ता भएको छ ।
त्यस्तै वडा नम्बर ७ मा ७ जना, वडा नम्बर ८ मा ५, वडा नम्बर ९ मा ५, वडा नम्बर १० मा ४, वडा नम्बर ११ मा ६ र वडा नम्बर १२ मा २ जनाको मेद्वारी परेको छ । थाहानगरमा सबैभन्दा बढि वडा नम्बर ७ मा ७ जना र कम वडा नम्बर १२ मा २ जनाको मात्र मनो नयन दर्ता भएको हो ।
यसैबीच वडा अध्यक्ष पदमा ४ जनाको सवतन्त्र उमेद्वारी दर्ता भएको छ । वडा नम्बर ३, ४, ८ र ९ मा १/१ जनाले अध्यक्ष पदमा उमेद्वारी दर्ता गराएका हुन् ।
थाहानगरका १२ वटै वडा सदस्यका लागि १२ पदमा ४६ जनाको उमेद्वारी छ । त्यस्तै १२ दलित महिला सदस्यका लागि ३८ जनाको र २४ जना जडा सदस्य पदका लागि १ सय ३ जनाको उमेद्वारी दर्ता भएको छ ।


















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्