मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा सत्ता गठबन्धनको आशिंक चुनावी तालमेल सहित उमेद्वारी मनोनयन दर्ता भएको छ । इन्द्रसरोवर गाउँपालिकामा नेकपा एकीकृत समाजवादी (नेकपा एस) को तर्फबाट जीवन लामाले पालिका अध्यक्ष पदमा उमेद्वारी दर्ता गराएका छन् । लामा २०७४ सालमा निर्वाचित पालिका अध्यक्ष समेत हुन । नेकपा एसले उपाध्यक्ष पदमा उमेद्वारी नै दर्ता गराएको छैन ।
त्यसैगरी वडा नम्बर ५ मा नेकपा एसले एकल प्यानलमा वडा अध्यक्षमा रामकृष्ण कार्कीसहित सबै सदस्य पदमा उमेद्वारी दिएको छ । वडा नम्बर ३ र ४ मा गठबन्धन भएको छ । ३ मा वडामा नेपाली काँग्रेसका कृष्ण पुरीले अध्यक्षमा उमेद्वारी दर्ता गराएका छन् भने वडा नम्बर २ मा एकजना मात्र सदस्य नेकपा एसको तर्फबाट उमेद्वारी दर्ता भएको छ । त्यसैगरी वडा नम्बर १ मा भने कुनै पनि पदमा उमेद्वारी नदिइएको उक्त पार्टीले जनाएको छ ।
इन्द्रसरोवरमा पालिका अध्यक्ष पदमा विश्वलाल रुम्बा र उपाध्यक्षमा निर्मला रुम्बाको उमेद्वारी परेको छ । राप्रपाबाट पालिका अध्यक्षमा शुक्र बहादुर लामा, कुन्साङ लामाले स्वतन्त्र र जनता समाजवादीका देवकुमार लामाले उमेद्वारी दिएका छन् ।
यसैबीच इन्द्रसरोवरमा माओवादीले पालिका अध्यक्ष र उपाध्यक्षमा उमेद्वारी दर्ता गरेको छैन । वडा नम्बर १, २ र ३ मा अध्यक्षसहित सबै पदमा उमेद्वारी दिएको छ । वडा नम्बर ४ र ५ मा भने गठबन्धन गरेको छ । वडा नम्बर ४ मा माओवादीले अध्यक्ष पाएको छ भने ५ मा नेकपा एसले पाएको छ ।
इन्द्सरोवरमा कुल ९८ पदमा मनोनयन दर्ता भएको छ ।


















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्