नेपाली काँग्रेस थाहानगरले गठबन्धकनको तर्फबाट साझा उमेद्वार उठाउने सहमती अनुसार उपमेयरमा मात्र उमेद्वारी मनोनयन दर्ता गरेको छ । गठबन्धनको तर्फबाट भरत गोपालीले उमेद्वारी दर्ता गराएका हुन् ।
प्रमुख र उपप्रमुख पदमा तालमेल गरेको काँग्रेस र माओवादीले थाहानगरमा वडास्तरमा भने एक्ला एक्लै चुनावमा भिड्ने भएका छन् । थाहा नगरको वडा नम्बर १ मा रुपचन्द्र गोपालीलाई नेपाली काँग्रेसले वडा अध्यक्ष पदमा उमेद्वारी दर्ता गराएको छ । २ मा नवराज लामा, ३ मा राष्ट्रिय जनमोर्चासंग गठबन्धन, ४ मा श्रीकृष्ण केसी, ५ मा अक्कल बहादुर गुरुङ, ६ मा राजन भक्त श्रेष्ठ, ७ मा शिवराज गोले, ८ मा रामकुमार घलान, ९ मा देव श्रेष्ठ, १० मा रामकृष्ण गमाल, ११ मा चीन कुमार लामा र १२ मा टिकाराम रुम्बाले अध्यक्षमा मनोनयन दर्ता गराएका छन् । उनीहरुले स्थानीय तह सदस्य निर्वाचन अधिकृतको कार्यालय विकास घर शिखरकोटमा उमेद्वारी दर्ता गराएका हुन् ।


















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्